सोमबार, माघ २६, २०८२

सशस्त्र प्रहरीद्वारा सिराहाबाट आधुनिक हतियार र नगद सहित तिन जना पक्राउ

मेरोन्यूज २०८० कार्तिक २१ गते १४:०५

सिराह । सशस्त्र प्रशरी बलले सिराहबाट पेस्तोल , गोलि र नगद रुपैया बरामद गरेको छ ।

ईन्‍टिलिजेन्‍स ब्‍युरोको विशेष सूचनाको आधारमा सिराह जिल्लाको लहान नगरपालिका सिङ्गराहीमा सशस्त्र प्रहरी बल सिराहको टोलीले चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।

चेकजाँचका क्रममा स.९ प.४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार शङ्कास्पद तिन जना ब्‍यक्‍तिहरु को साथ बाट आधुनिक हतियार ९ ब्राउण्‍डिङ पेस्‍तोल १ थान , सोको म्‍याग्‍जिन १ थान, राउण्‍ड २ दुई , नगद रकम रु १,८४,२५३ (एक लाख चौरासी हजारदुई सय तिरपन्न) रुपैया सहित चार थान मोबाइल सेट र बिभिन्न कम्पनिको रु ४६४५०० (चार लाख चौसठ्ठी हजार पाँच सय ) मुल्य बराबर को रिचार्ज कार्ड बरामद गरिएको हो ।

समान सहित पक्राउ पर्नेमा जिल्ला सप्‍तरी सुरुङ्गगा नगरपालिकाका ८ बस्‍ने ३२ वर्षीय अनिल राम सोहि जिल्ला सुरुङ्गगा नगरपालिका ५ बस्‍ने ३० वर्षीया जिबान्‍नद चौधरी सप्‍तरी खड्क नगरपालिका ४ बस्‍ने ३५ वर्षीय संजय प्रसाद चौधरी रहेका छन् ।

तिनै जना अपराघिक गतिविधि मा संलग्न रहेको र भविष्यमा अप्रिय घटना घटाउन सक्ने भएकाले निजहरूलाई नियन्त्रणमा लगि थप अनुसन्धानका लागि सम्‍बन्‍धित निकायमा बुझाउने प्रकृया भईरहेको छ ।

प्रतिक्रिया