‘दिमाग खराब’को गीत ‘हजुरी’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार सिनेमाले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा जयन जे वाइवाको शब्दरचना तथा संगीत छ ।
गीतमा स्वर जयन र मीना निरौलाको छ । गीतको भिडियोमा सिनेमाका प्रमुख कालाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर भएका छन् । दयाहाङ राईलगायत कलाकारलाई पनि भिडियोमा देख्न सकिन्छ ।
निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र यही शुक्रबारबाट रिलिज हुँदै छ । चलचित्रमा सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलियालगायत कलाकारको अभिनय छ ।
निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एउटा गीतमा विशेष भूमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्र राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया