बाहिनीस्तरीय नेपाल–भारत सीमा समन्वयात्मक बैठक सम्पन्न

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र भारतीय सशस्त्र सीमा बल सेक्टर हे.क्वा. लखिमपुर खिरी तथा सेक्टर हे.क्वा. गोरखपुर बीच बाहिनीस्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
बिहीबार बाहिनीस्तरीय सीमा समन्वयात्मक बैठक बसेको थियो । नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्री र भारतीय सीमा सुरक्षा बल सेक्टर हे.क्वा. लखिमपुर खिरीका डिआईजी जे डि वशिष्ठ तथा सेक्टर हे.क्वा.गोरखपुरका डिआईजी अखिलेश्वर सिंहको नेतृत्वमा बैठक सम्पन्न भएको हो ।
बैठकमा सीमा सुरक्षा, भन्सार छली अवैध रुपमा हुने सामान ओसार पसारमा नियन्त्रण, सीमा स्तम्भ मर्मत संभार, मानव बेचविखन तथा अपहरण, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रण, सुचना आदानप्रदान गर्ने लगायतका विषयहरुमा छलफल भएको थियो ।
कार्यक्रममा नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ लगायत लुम्विनी प्रदेश अन्तर्गत भारतसंग सीमा जोडिएका जिल्लाहरुका गणका गणपतिहरु र भारतीय सशस्त्र सीमा बलका कमाण्डेन्टहरुको समेत सहभागिता रहेको थियो ।

















नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल
पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?
बैतडीको सिगासमा एक पुरुष मृत फेला
Infrastructures development face systemic problems: President Thapa
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया