स्वास्थमन्त्रीद्वारा नगर अस्पताल शिलान्यास

काठमाडौँ । स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका नौविसेमा अवस्थित १५ शय्याको नगर अस्पताल भवन शिलान्यास गरेका छन् ।
नगरपालिकामा आज आयोजित शिलान्यास कार्यक्रममा मन्त्री बस्नेतले शिलान्यास भएको अस्पतालका लागि आवश्यक जनशक्ति र एक्सरे तथा प्राविधिक सामग्री उपलब्ध गराउने बताए । आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई निःशुल्क उपचार हुनुपर्नेमा उनले जोड दिए ।
मन्त्री बस्नेतले सरकारी अस्पतालको दश प्रतिशत शय्या निःशुल्क बनाइएको जानकारी दिँदै छ महिनाभित्र नेपालका सबै सरकारी अस्पतालमा स्वास्थ्यकर्मचारीको अभाव अन्त्य गरिने बताए ।
नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइबाले शिलान्यास भवन एक वर्षभित्र तयार गरी सेवा दिन थाल्ने बताए । कान्छो नगरपालिका भएर पनि आफ्नो स्वास्थ्य भवन निर्माण गर्न थालेकामा सबै स्थानीयवासीका लागि खुसीको कुरा भएको बताए
नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले अस्पतालको लागि दक्ष डाक्टर र उपचारमा आवश्यक सामग्री उपलब्ध गराउन संघीय सरकारलाई अनुरोध गरे । उनले उपलब्ध बजेट २३ करोड भएको भए पनि २२ करोड ८६ लाखमा भवन बनाउन ठेक्का दिइएको बताए
मन्त्री बस्नेतले आजै नव निर्मित चण्डेनी स्वास्थचौकी भवन उद्घाटनसमेत गरेका थिए ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया