साहित्यकार शान्तदास मानन्धरको निधन
मेरोन्यूज
२०८० कार्तिक २८ गते १९:५३

काठमाडौँ । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले जानकारी दिए ।
स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए ।
साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशकन गरेका थिए ।
छ दशकभन्दा लोमो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गरेका उनले राणा शासनदेखि नै बालखुराक पस्कदै आएका थिए ।
साहित्यकार उपाध्यायका अनुसार मानन्धरको अन्त्येष्टि भोलि गरिनेछ ।
सम्बन्धित









राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया