आइतबार, चैत २९, २०८२

आज पनि बढ्याे सुनको भाउ, ताेलाकाे कति पुग्याे ?

मेरोन्यूज २०८० मंसिर ५ गते ११:११

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार दुई सय रुपैयाले बढेर प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन तोलाको १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया