पर्दामा नदेखिएको धेरै भयो, अब अभिनयलाई निरन्तरता दिन्छु : रेखा थापा

काठमाडौँ । केही समयसम्म चलचित्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुनःचलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय भएकी छन्। केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उनले बताइन् ।
“म चुनावको क्रममा घुम्दा पनि दर्शकले पर्दामा नदेखेको धेरै भयो, नयाँ चलचित्र कहिले हेर्न पाइन्छ ? भन्ने जिज्ञासा राख्नुहुन्थ्यो । म विविध कारणले केही समय विश्राममा रहे पनि अलग भने भएको थिइन्”, अभिनेत्री थापाले भनिन् ।
उनले आफू चिनिएको चलचित्रकर्मबाट आउँदा दिनमा पनि लामोसमय नटाढिने बताइन्। उपचहार चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, विनोदकुमार पौडेललगायतका कलाकारले अभिनय गरेका छन््।
चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। उनले अभिनेत्री थापासँग लामो समयदेखि काम गरिरहेको स्मरण गर्दै चलचित्रमा तीन अभिनेत्रीलाई मुख्य पात्रका रुपमा प्रस्तुत गरेको बताए ।
रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र फागुन २५ गते प्रदर्शन तय भएको छ । चलचित्र वितरण काठमाडौँ उपत्यकामा करण श्रेष्ठ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।









ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
निर्वाचनका लागि दलहरूले निवेदन दिने क्रम जारी
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया