नयाँ सहकारी संस्था दर्तामा रोक

काठमाडौं । सरकारले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको स्थापनामा अनिश्चितकालीन रोक लगाएको छ।
आज (बिहिबार) बसेको मन्त्रिपरिषद् बैठकले महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकालाई कार्यक्षेत्र बनाएर दर्ता हुने बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको दर्ता नगर्ने निर्णय गरेको हो।
बैठकले संघ, प्रदेश र स्थानीय तह कुनैबाट पनि बचत र ऋणको कारोबार गर्ने सहकारी दर्ता नगर्ने निर्णय गरेको छ। सहकारी संस्थाको कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा पनि बन्देज लगाइएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सहकारी क्षेत्रका समस्या समाधानका लागि अर्को व्यवस्था नभएसम्म रोक लगाइएको जनाएको छ।
देशभरिका सहकारी संस्थाको जोखिमयुक्त लगानीका कारण सहकारी संस्थामा गम्भीर समस्या सिर्जना भएको तथा सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुने जोखिम बढेकाले समस्या समाधानको अर्को व्यवस्था नभएसम्म रोक लगाइएको मन्त्रालयले जनाएको छ।

















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया