शनिबार, माघ २६, २०८१

राष्ट्रिय सभा निर्वाचन : पुस २३ गते उम्मेदवारी दर्ता

मेरोन्यूज २०८० मंसिर १७ गते १६:००

काठमाडौंं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आउँदो माघ ११ गते हुने १९ पदको निर्वाचन कार्यक्रम स्वीकृत गरिएको हो ।

Advertisement

कार्यतालिकाअनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरिनेछ । प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य सोही दिनदेखि सुरु भएर पुस २२ गते सकाइनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

यस्तै पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकिएको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मनोनय दर्ता हुने आयोगले जनाएको छ।

मनोनय दर्ता पश्चात उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुष २४ गते हुने बताइएको छ।

पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

माघ ११ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुने आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया