तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ ।
नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो । “धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी वा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकाले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनियमावलीको विनियम १६ (१) (ख)मा भएको व्यवस्था अनुरुप २०८० साल मङ्सिर १८ को निर्णायअनुसार त्यस कम्पनीको धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई पठाएको पत्रमा भनिएको छ ।
साथै उक्त पत्र प्राप्त भएको मितिले तीन कार्यदिन भित्र के कति कारणबाट समयमै जानकारी दिन नसकेको हो सो सम्बन्धमा स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणासम्बन्धी निर्णय गरेको थियो । साथै सो निर्णय भने नेप्सेलाई आइतबार बेलुका ५ः१५ बजे मात्रै जानकारी गराएको नेप्सेको भनाइ छ ।
















सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया