नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई

काठमाडौँ । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसका अवसरमा स्वर किन्नरी तारादेवी (मरणोप्रान्त) र सङ्गीतकार गणेश रसिक (राई)लाई सम्मान गरिएको छ ।
नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानद्वारा आज आयोजित कार्यक्रममा कोषका अध्यक्ष उषा शेरचनले उनीहरुलाई नारायणगोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गरे । पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ ।
दिवङ्गत तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भूवन चन्दले ग्रहण गरे । अग्रज स्रष्टा तारादेवीले तीन हजार पाँच सय बढी गीतमा स्वर दिएका छन् ।
सो अवसरमा सम्मानित व्यक्तित्व रसिकले स्वरसम्राट नारायणगोपालसँगको सहकार्यका अनुभूति सुनाउँदै उनको गीत सङ्गीतबिना सुगम सङ्गीत अपुरो हुने बताए । कार्यक्रममा विभिन्न कलाकारले नारायणगोपालले गाएका विभिन्न गीत प्रस्तुत गरेका थिए ।









राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया