सोमबार, चैत ३०, २०८२

एनसेलको सेयर खरिद-बिक्री प्रकरणबारे अध्ययन गरिरहेका छाैं : प्राधिकरण

मेरोन्यूज २०८० मंसिर २० गते १२:४६

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद गरिएको प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन सुरू गरेको जनाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार अर्थ समितिको बैठकमा बोल्‍दै प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस विषय अध्ययनमा रहेको बताएका हुन् ।

‘प्राधिकरण यस कम्पनीको कागजात संकलनको क्रममा रहेको छ, यसका लागि हामीले पत्राचार गरेको छौँ,’ खनालले भने।

उनले कागजात संकलन भएपछि प्राधिकरणले अध्ययन गर्ने बताए।

संसद दिपक खड्काले यसअघि पनि कर छलीको घटनाको कारण त्यसयता आफूले एनसेलको सिम प्रयोग अहिलेसम्म प्रयोग नगरेको बताए।

उनले साधारण मानिसले आ–आफ्नो व्यवहार चलाउन घरजग्गा बेच्दा अनवार्य कर तिर्नुपर्ने तर ठूला व्यवसायीले यसरी कर छल्ने परिपाटीलाई निरूत्साहित गर्नुपर्ने बताए।

प्रतिक्रिया