कथाकार पराजुलीको ‘ड्रिमी आईज’ सार्वजनिक

चितवन । पत्रकार एवं कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरुको सङ्ग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित कथाकार पराजुलीको यो तेस्रो कृति हो । कथा सङ्ग्रह भित्र १७ कथा समावेश गरिएका छन् । ती कथाहरु मिलि जोशी र भरत भट्टराईले अनुवाद गरेका हुन् । यसअघि उनका कुमाता र मोम्चो कथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।
नेपाल इङ्लिस ल्याङ्वेज टिचर्स एशोसिएसन (नेल्टा) चितवनद्वारा बुधबार आयोजित कार्यक्रममा कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्री, भिलेज अफ इङ्लिस राइटर्स (भ्यू) चितवनका अध्यक्ष डा केशवराज चालिसे, नेल्टा चितवनका अध्यक्ष बटुकलाल तामाङ, भुँडीपुराण पब्लिकेसन्सका प्रबन्ध निर्देशक केशव पराजुली, साहित्यकार हरि गौतमलगायतले संयुक्त रुपमा सो कृति सार्वजनिक गरिएको हो ।
सो अवसरमा पुस्तक समीक्षा कार्यशाला गरिएको थियो । कार्यशालामा अङ्ग्रेजी विषयका २५ शिक्षकहरू सहभागी हुनु भएका थिए । कार्यशालामा शिक्षकहरूले कृति पढेर समीक्षा तयार गरी प्रस्तुत गरेका थिए । समूह बनाएर समीक्षा गरिएका सामग्रीलाई मनोजकुमार विष्ट, मनोज क्षेत्री, अञ्जलि भुसाल र अर्जुन भट्टले प्रस्तुत गरेका । पत्रकार पराजुली विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । पछिल्ला वर्षमा उनी साहित्य लेखनतर्फ लाग्नु भएको छ









बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया