कथाकार पराजुलीको ‘ड्रिमी आईज’ सार्वजनिक

चितवन । पत्रकार एवं कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरुको सङ्ग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित कथाकार पराजुलीको यो तेस्रो कृति हो । कथा सङ्ग्रह भित्र १७ कथा समावेश गरिएका छन् । ती कथाहरु मिलि जोशी र भरत भट्टराईले अनुवाद गरेका हुन् । यसअघि उनका कुमाता र मोम्चो कथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।
नेपाल इङ्लिस ल्याङ्वेज टिचर्स एशोसिएसन (नेल्टा) चितवनद्वारा बुधबार आयोजित कार्यक्रममा कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्री, भिलेज अफ इङ्लिस राइटर्स (भ्यू) चितवनका अध्यक्ष डा केशवराज चालिसे, नेल्टा चितवनका अध्यक्ष बटुकलाल तामाङ, भुँडीपुराण पब्लिकेसन्सका प्रबन्ध निर्देशक केशव पराजुली, साहित्यकार हरि गौतमलगायतले संयुक्त रुपमा सो कृति सार्वजनिक गरिएको हो ।
सो अवसरमा पुस्तक समीक्षा कार्यशाला गरिएको थियो । कार्यशालामा अङ्ग्रेजी विषयका २५ शिक्षकहरू सहभागी हुनु भएका थिए । कार्यशालामा शिक्षकहरूले कृति पढेर समीक्षा तयार गरी प्रस्तुत गरेका थिए । समूह बनाएर समीक्षा गरिएका सामग्रीलाई मनोजकुमार विष्ट, मनोज क्षेत्री, अञ्जलि भुसाल र अर्जुन भट्टले प्रस्तुत गरेका । पत्रकार पराजुली विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । पछिल्ला वर्षमा उनी साहित्य लेखनतर्फ लाग्नु भएको छ
















अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया