‘एनिमल’काे ‘वैवाहिक बलात्कार’काे दृश्यलाई लिएर विवादमा तानिए बबी देओल

काठमाडौं। फिल्म ‘एनिमल’ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ । जसरी फिल्मले कमाइ गरिरहेको छ त्यसरीनै विवादित पनि बनिरहेको छ ।
अहिलेसम्म फिल्ममा रणवीर कपूरका केही दृश्यलाई लिएर विवाद भएको थियो । तर अहिले भने बबी देओलको एउटा दृश्यलाई लिएर दर्शकहरुले प्रश्न उठाइरहेका छन् ।
वास्तवमा फिल्ममा बबी देओल र उनकी पत्नीको भूमिकामा अभिनेत्री मानसी तक्षकबीचको वैवाहिक बलात्कारको दृश्य देखाइएको छ । मानसी आफूभन्दा २९ वर्ष कान्छी भएकाले यस्तो दृश्य गर्नमा कुनै अनौठो नलागेको भन्दै बबीले यो दृश्यको सुटिङ गर्दा आफूलाई कुनै प्रकारको डर नलागेको जवाफ दिएका छन् ।
बबीले यो चरित्र आफ्नी श्रीमतीसँग दुर्व्यवहार गर्ने निर्दयी श्रीमानको रहेको बताए । ‘मैले त्यो पात्रलाई सही ढंगले निर्वाह गरेँ’ उनले भने, ‘मलाई यस्तो दृश्य गर्न कुनै समस्या थिएन ।’
फिल्ममा बबी देओल (अब्रार हक) र मानसीको विवाहको दृश्य चलिरहेको छ । त्यही बेला अब्रारलाई भाइको मृत्युको खबर आउँछ । ऊ रिसले पागल हुन्छ। यो सुनेर, उसले पहिलो कुरा आफ्नो म्यानेजरलाई निर्ममतापूर्वक मार्छ। त्यसपछि उसले बेहुली मानसीमाथि आक्रमण गर्छ । त्यसपछि उसले आफ्ना दुवै श्रीमतीलाई पनि बोलाउँछन् र उनीहरुले उनको कुरा सुन्दैनन् । कुरा नसुनेपछि अब्रारले उनीहरुमाथि हात उठाउँछ।
एनिमलमा काम गरेपछि मानसी तक्षक पनि चर्चामा छिन् । फिल्ममा उनी निकै छोटो समयका लागि देखिएका छन् । मानसीलाई विवाहको दृश्यपछि फिल्ममा देखाइएको छैन । उनले यो फिल्म गर्दा सामाजिक सञ्जालमा उनका फलोअर्स ८ देखि ९ हजार मात्रै थिए । फिल्म रिलिज भएसँगै उनका फलोअर्स निकै बढेका छन् ।
















वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया