मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २७ देशका ५४ चलचित्र प्रदर्शन गरिए

काठमाडौँ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा यही मङ्सिर २३ देखि यहाँ जारी ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ११ औँ संस्करण सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्डको सभाहलमा भएको समापन समरोहमा राजन कठेत र सुनिल पाण्डेले निर्देशन गरेको वृत्तचित्र ‘नो विन्टर होलिडेज’ले उत्कृष्ट वृतचित्रतर्फको पुरस्कार जितेको छ ।
आयोजक संस्था मानव अधिकारी चलचित्र केन्द्रका अध्यक्ष विष्णुबहादुर खत्रीले चलचित्रकर्मी र मानव अधिकारकर्मीको साथ र सहभागिताले महोत्सव सफल भएको बताए । “चारदिने महोत्सवले विश्वभर मानव अधिकारका विषयमा निर्माण गरिएका छोटा चलचित्र तथा वृत्तचित्रसँग साक्षात्कार गरायो । यसले हाम्रा चलचित्रकर्मीलाई सघायो भन्नेमा विश्वस्त छौँ”, उनले भने ।
महोत्सवमा ‘चलचित्र विकासको लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिका अधिकार स् अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीबीच छलफल हुनाका साथै फोटो प्रदर्शनीसमेत गरिएको थियो । महोत्सवमा नेपालसहित २७ देशका ५४ वटा चलचित्र प्रदर्शन गरिएका थिए ।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिक्रिया