अन्नबाट बनेको सीतारामको आकर्षक प्रतिमा

काठमाडाैँ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा अन्नबाट सीतारामको प्रतिमा तयार पारिएको छ ।
जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्रबिघा) मा सोमबारदेखि बनाउन सुरु गरिएको सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको हो । भारतको शतिस गुर्जरसँगै आएका ८ जना कलाकारले ५ दिन लगाएर १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ।
उक्त प्रतिमा बनाउन १०२ क्विन्टल अन्नको प्रयोग गरिने आकलन गरिए पनि प्रतिमा निर्माणमा ९५ क्विन्टल र ११ प्रकारका अन्न प्रयोग भएका छन् ।
मिथिलाका राजा जनककी छोरी र अयोध्याका राजा दशरथका छोरा रामबिच भएको विवाहोत्सवलाई यस वर्ष अन्नको आकृति बनाएर विशेष रूपमा मनाउन लागिएको हाे ।
मर्यादा पुरुष राम र सीताको विवाह भएको दिन मानेर हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ । त्रेता युगमा मङ्सिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाइन्छ ।


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया