शनिबार, चैत २८, २०८२

हस्तकला व्यापार मेलामा दुई करोडको कारोबार

मेरोन्यूज २०८० पुष ३ गते ६:५३

काठमाडौँ । मङ्सिर २८ गतेदेखिसोमबारसम्म यहाँ सञ्चालन भएको हस्तकला व्यापार मेलामा रु दुई करोडको कारोबार भएको नेपाल हस्तकला महासङ्घले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्र्ने उद्देश्यले आयोजित मेलामा महासङ्घका सदस्य तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला सङ्घ र वस्तुगत सङ्घहरूसमेतको सहभागिता थियो भने मेलामा धातुकला, सुनचाँदीका गरगहना, सुती एवं ढाकाका लुगा, पश्मिना, छालाजन्य सामग्री, प्राकृतिक रेसा, बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्री गरिएको थियो ।

हस्तकलाका वस्तुका करिब एक सय २० वटा विक्री तथा प्रदर्शनी कक्ष राखिएको थियो भने स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई छलफल गरिएको थियो ।
बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने यस क्षेत्रबाट देशमा वैदेशिक मुद्रा आर्जनका लागि टेवा पुगेको बताउँदै हस्तकलाले उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्ने हुँदा यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । महासङ्घका अनुसार नेपाली हस्तकलाका सामग्रीे विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छन् । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कुल बजार रु २४ अर्ब हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न छन् । वार्षिक रु १२ अर्ब बराबरका सामग्री निर्यात हुने गरेका छन् ।

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज पनि

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठकमा समूहगत छलफल सकिएको छ ।

समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्य रोशन कार्की, मधेस प्रदेशमा वरिष्ठ उपाध्य बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्य विक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धब पौडेलले संयोजन गरेका थिए । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक आज ११ बजे बस्ने गरी सकिएको छ ।

प्रतिक्रिया