शनिबार, वैशाख ५, २०८३

कुमारी बैंकले ल्यायाे संस्थापक शेयर बिक्रीमा

मेरोन्यूज २०८० पुष ३ गते १२:२६

काठमाडौं । कुमारी बैंकको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बैंकको संस्थापक शेयरधनी भरतप्रसाद तिमिल्सिनाको नाममा रहेको १ लाख ९ हजार ९६२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

शेयरमा इच्छुक सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा आवेदन नपरेकोले सर्वसाधारणलाई बिक्री खुला गरिएको बैंकले जनाएको छ।

इच्छुक सर्वसाधारणले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। शेयर खरिद आवेदन कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा दिन सकिनेछ।

प्रतिक्रिया