म्याग्दीमा थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण

म्याग्दी । थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ । संस्कार र संस्कृति लोप हुन नदिन र बचाउनका लागि प्रशिक्षण आयोजना गरिएको उपाध्यक्ष योगेन्द्रमान भट्टचनले बताए ।
“थकालीको विवाहका क्रममा माइतीको सम्मानमा खिमीच्हुव र फागु पूर्णिमामा क्होई अनिवार्य गाउनुपर्छ,” उनले भने, “गीत गाउन जानेकाहरु मरेर जाने र नयाँ पुस्तामा ज्ञान, सीप नहुँदा संस्कार नै लोप हुन थालेको छ । थकालीको बसोबास भएको ठाउँमा तालिममार्फत संस्कारको पुस्तान्तरण र संरक्षण गर्ने प्रयासमा छौँ ।”
भट्टचनले बेनी, दरवाङ र दाना क्षेत्रका १८ जनालाई गीतको शब्द, भाका र लयको विषयमा प्रशिक्षण दिनुभएको थियो । खिमीच्हुवमा गाइने गीतको एउटा टुक्का ‘ल्ह्लाङ स्ह्युवे स्ह्याङ, तेलाङ स्ह्युवे स्हयाङ’ को अर्थ देवताको मुलुकमा बस्नु हुने सुखी जीवनमा बस्नुहुने माइती भन्ने हुन्छ ।
मगनी भएपछि माइतीको घरमा जाँदा केटा पक्षले माइतीको सम्मान हुने शब्दहरु समेटिएको खिमीच्हुव गाउने चलन छ । तोरन्ल चाडमा गाउने क्होईको एउटा टुक्का ‘च्ह्योङजी तोरन्ल स्हेम्ब, च्ह्योङजी तोरन्ल’को अर्थ आइपुग्नुभयो तोरन्ल चाड, आइपुग्नुभयो तोरन्ह चाड भन्ने हुन्छ ।
नेपालमा पछिल्लो जनगणनाअनुसार कूल १३ हजार जनाको हाराहारीमा जनसङ्ख्या रहेको थकालीलाई सरकारले अल्पसङ्ख्यक जातिमा सूचीकृत गरेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका ओमप्रकाश शेरचनले शब्द अप्ठ्यारो भए पनि ‘खिमीच्हुव र क्होई’ गाउन सक्ने भएको बताए ।
“संस्कार र संस्कृति जोगाएर लोप हुन दिँदैनाँै,” उनले भने, “मुस्किल भए पनि हाम्रो मौलिक सम्पत्तिलाई बचाएर राख्ने र भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने दायित्वबोध भएको छ ।” नरेश कुमार तुलाचनले ‘खिमीच्हुव’ र ‘क्होई’ का शब्द सङ्कलन गरेर थकाली र नेपाली भाषामा लिपिबद्ध गरेको छ ।
थकाली सेवा समिति नेपालका पूर्वअध्यक्ष कृष्णकुमारी शेरचनले समितिले संस्कार र संस्कृति संरक्षणका लागि रु ३० लाखको अक्षयकोष स्थापना गरेको जानकारी दिए । सोही कोषको ब्याजबाट यसअघि सल्यान, बुटवल र काठमाडौँमा भाषा तथा संस्कारसम्बन्धी तालिम आयोजना गरिएको थियो । थकाली नेपालका अल्पसङ्ख्यक समुदाय हुन् । थकालीको उद्गम थलो मुस्ताङको थासाङ गाउँपालिका हो ।
थकाली समुदायको जन्मदेखि मृत्युसम्मका मौलिक संस्कार, चालचलन र रहनसहन रहेको छ । थकालीको भाषा पनि छ । पुराना पुस्ताका मानिसको मृत्यु हुँदै गएको र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा थकाली समुदायका संस्कार र संस्कृति लोप हुने जोखिममा छ ।
लोप हुन लागेको थकाली समुदायको संस्कारमध्ये विवाह र तोरन्ल(फागु पूर्णिमा) पर्वमा गाउने ‘खिमीच्हुव’ र ‘क्होई’ गीत हो । खिमीच्हुव थकाली समुदायको विवाह र क्होई तोरन्ल (फागु पूर्णीमा) पर्वमा अनिवार्य रुपमा गाउनुपर्ने थकाली अनुसन्धान केन्द्रका उपाध्यक्ष भट्टचनले बताए ।
















साना तथा मझौला उद्यम विकासका लागि ९ करोड ५० लाख अमेरिकी डलर स्वीकृत
5 killed in road accident in Russia’s Krasnoyarsk Krai
चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु
Baglung village sells orange worth Rs 40 million
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंककाे गिरावट
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया