नागार्जुन नगरवासीलाई निः शुल्क रगत

काठमाडौँ । नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानु परे सेवा शुल्क तिर्नु नपर्ने भएको छ । यस्तो शुल्क विसं २०८१ मङ्सिरसम्मका लागि नगरपालिकाले व्यहोर्ने गरी केन्द्रीय रक्तसञ्चार सेवा र नगरपालिकाबीच सम्झौता भएको छ ।
यसका लागि नगरपालिका र वडाले रक्तदान शिविर आयोजना गर्न प्रेरित र सहजीकरण पनि गर्नेछन् । सम्झौतामा नगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी र रक्तसेवाको तर्फबाट निर्देशक पवनकुमार गुप्ताले हस्ताक्षर गरेका छन् ।
भक्तपुरका सबै नगरपालिका र काठमाडौँमा महानगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका लगायत अन्य पालिकासँग पनि जनतालाई सुलभ रगतका लागि सम्झौता सम्पन्न भइसकेको छ । बाँकी सबै स्थानीय तहमा सहकार्य गर्न प्रयत्न भइरहेको नेपाल रेडक्रस सोसाइटीको समन्वय निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।















सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया