पर्वतारोहण सञ्चालक संघ नेपालको १५ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: डम्बर पराजुली

काठमाडौँ । पर्वतारोहण सञ्चालक संघ नेपालको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
गत शुक्रबार लाजिम्पाटस्थित मनास्लु होटेलमा संघको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न सभाले पर्वतारोहण सञ्चालक संघ नेपालको आगामि दुई वर्ष (सन् २०२३–२०२५) का लागि डम्बर पराजुलीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसअनुसार संघको प्रथम उपाध्यक्ष ईश्वरी पौडेल, द्वितीय उपाध्यक्ष शिवराज थापा, महासचिव ऋषिराम भण्डारी, सचिव दावा स्टेभेन शेर्पा, कोषाध्यक्षमा दावा साङ्वु शेर्पा निर्वाचित भएका छन् ।
यसैगरी संघको सदस्यमा कृष्णकुमार अर्याल, मुरारी शर्मा, जीवन घिमिरे, नविन त्रिताल, छाङ्दावा शेर्पा, आङ्बाबु शेर्पा र मिङ्मा डेभिड शेर्पालाई सर्वसम्मतिले निर्वाचित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.काफ्लेले पर्वतारोहण सञ्चालक संघले उठाएका बिभिन्न विषयवस्तु र समस्यालाई समाधानका लागि आफू तयार रहेको बताए । नवनिर्वाचित अध्यक्ष डम्बर पराजुलीले पर्वतारोहण सञ्चालक संघ नेपालले हालसम्म गरेका काम, भोग्नु परेका संघर्ष र कठिनाइका बारेमा आफ्नो विचार व्यक्त गरेका थिए ।
यसैगरी कार्यक्रममा गत वर्ष विभिन्न हिमालमा डोरी बिच्छ्याउने काममा सफलतापूर्वक सम्पन्न गर्ने कम्पनी तथा एक दर्जन बढी व्यक्तिहरूलाई प्रशंसा पत्र र खादा ओढाइ सम्मान प्रदान गरिएको थियो ।




















इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया