सेयर बजारमा ८.७१ अंककाे गिरावट, साढे ५ अर्बकाे काराेबार
मेरोन्यूज
२०८० पुष १९ गते १५:४०

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव ७१ अंकले घटेर २,०४९ को विन्दुमा झरेको हो।
बिहीबार ११३ कम्पनीको शेयर मुल्य बढेको छ भने १२८ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजर १०१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहीबार सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको १९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १८ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया