बिहीबार, माघ २९, २०८२

भालुवाङ बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु

मेरोन्यूज २०८० पुष २७ गते २३:४७

दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जवल सिंहले जानकारी दिए । उनले हालसम्म २५ जनाको उद्धार गरिसकेको बताए ।

मृतकको सनाखत हुन बाँकी रहेको र अन्य विवरण संकलन भइरहेको उनले जनाए ।

प्रतिक्रिया