इन्जिनियरिङ पढ्ने कार्यालय नै जीर्ण

ललितपुर । ललितपुरको पुल्चोकमा वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ ।
यही ऐतिहासिक दरबारमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको प्रशासन रहेको छ ।
वास्तुकला र युरोपेली शैलीमा निर्माण भएको आनन्द निकेतन राणाकालीन ऐतिहासिक दरबारमा विसं २०२३ देखि नेपाल इन्जिनियरिङ इन्स्टिच्युट सरेको थियो । दरबार परिसरमा इन्जिनियरिङ अध्ययन संस्थानका पहिलो डिन कुलरत्न तुलाधरको प्रतिमासमेत निर्माण गरिएको छ ।
विसं १९९० को भूकम्पले सामान्य क्षति पु¥याए पनि विसं २०७२ को भूकम्पले इन्जिनियरिङ अध्ययन संस्थानको प्रशासन रहेको आनन्द निकेतन दबारलाई क्षति पु¥याएको थियो । भूकम्पले जीर्ण अवस्थामा रहेको ऐतिहासिक दरबारलाई इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रशासनले मर्मत गरेर सञ्चालन गरेको छ ।
ललितपुरमा रहेका ऐतिहासिक राणाकालीन दरबारहरु, हरिहर भवन र नारायण भवन संरक्षणको अभावमा अलपत्र छन् । पुल्चोकको आनन्द भवन भने मर्मतपछि प्रयोगमा आएको छ । भूकम्पपछि पानी चुहिने समस्या रहेको ऐतिहासिक दरबारलाई मर्मत गरेर पानी नचुहिने बनाएको क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्यले जनाए ।
विसं २०७२ को भूकम्पपछि भारत सरकारबाट रु दुई अर्ब १९ करोड रकम इन्जिनियरिङ अध्ययन संस्थानका भवन पुनःनिर्माणका लागि दिने सम्झौता भए पनि हालसम्म सहयोग नआएको पुल्चोक क्याम्पसका प्रमुख आचार्यले जानकारी दिए ।
भारत सरकारबाट आउने रु दुई अर्ब १९ करोड रकममध्येमा ३५ करोड रकम आनन्द निकेतन भवनको पुनःनिर्माणका लागि हो । विस्तृत परियोजना प्रस्ताव तयार भए पनि सम्झौता अनुसार अझै काम सुरु भएको छैन । ऐतिहासिक दरबार भूकम्पपछि चारैतिर चर्केको छ । कतिपय झ्याल फुटेका छन् । भवन जीर्ण अवस्थामा रहे पनि विज्ञको सल्लाहअनुसार मर्मत गरेर कार्यालय सञ्चालन गर्न मिल्ने भएपछि कार्यालय यथावत् राखेको उनको भनाइ छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अहिले पनि सयौँ विद्यार्थी इन्जिनियरिङ अध्ययन गरिरहका छन् । यही क्याम्पसमा इन्जिनियरिङ पढेर धेरै विद्यार्थी इन्जिनियर बनेका छन् । भूकम्पपछि जीर्ण अवस्थामा रहेको ऐतिहासिक आनन्द निकेतन दरबार पुनःनिर्माणको पखाइमा भए पनि निर्माणका लागि भने कुनै निकायले चासो देखाएका छैनन् ।
















Heavy snowfall expected in northern, western Japan through election day
Gold, silver prices see slight decline
Iran, US prepare for Oman talks after deadly protest crackdown
रास्वपाले भन्यो– रौतहट घटनालाई पार्टीले गम्भीरताका साथ लिएको छ
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया