महायज्ञबाट ५८ लाख बढी रकम सङ्कलन

कास्की । पोखरा बजार क्षेत्रमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि पोखरा—१४ बाच्छेबडुवामा गोकुल धाम (गौशाला) सञ्चालनमा ल्याइएको छ ।
सो गौशाला सञ्चालनको दिगो स्रोत खोजी गर्ने उद्देश्यले गत पुस २६ देखि यही माघ ४ गतेसम्म आयोजना गरिएको महायज्ञबाट नगद र जिन्सी गरी रु ५८ लाख २२ हजार एक सय ८२ जम्मा भएको महायज्ञ आयोजक राष्ट्रिय परोपकार महासङ्घ नेपालले जनाएको छ ।
सप्ताहव्यापी महायज्ञको ३५ हजार बढी दानदाता तथा भक्तजनले कथा श्रवण गरेका आयोजकले बताएको छ । महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिने छ । हाल गौशालामा दुई सय बढी गाई संरक्षित छन् ।
राष्ट्रिय परोपकार महासङ्घका केन्द्रीय अध्यक्ष एवं पुष्करिणी परोपकार गोकुलधामका परिकल्पनाकार भागवत आदिशास्त्रका वाचक युवा पण्डित कमलनयन गौतमले बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यावहारिक बनाउने उद्देश्यले घचघच्याउनका लागि गोकुलधामको प्रारम्भ गरिएको बताए।
उनले गौ सेवाको अभियानलाई अभिप्रेरित गर्दै परोपकारी कर्मसँग मानवीय क्रियाकलापहरूलाई जोड्न यो महत्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरे । उनले भने, “योे समग्र रूपमा पोखराको अर्को एउटा नयाँ गन्तव्यस्थल बन्नेछ, यो केवल गोठमात्र होइन, नजरले हे¥यो भने त गोठ हुन्छ तर सूक्ष्म आँखा खोल्यौ भने साँच्चिकै गौशाला हुन्छ । यो छाडा छोडिएका पशुलाई थुन्ने कान्जी हाउस होइन । कान्जी हाउस पहिला थियो, अब यो पवित्र गौशालामा परिणत भइसकेको छ, यहाँ गौ माताको रेखदेख र सुसार हुन्छ ।”
गोबर र गौमूत्रको प्रशोधनको प्रक्रिया सुरु गरिएको र यसको उपयोगमार्फत दशौँ रोपनी बन्जर जमिनलाई अग्र्यानिक उत्पादनको थलोका रूपमा विकास गरिएको उनले बताए ।
आफूहरु गौशाला परिसरमा तीन सय ६५ प्रजातिका डालेघाँसका बिरुवा रोप्ने अभियानमा रहेको युवा पण्डित गौतमले जानकारी दिए । गो बंस र मानव सभ्यता एकै ठाउँमा रमाउन सक्ने प्राणी हुन् भन्ने कुरा जगत्लाई स्मरण गराउनका लागि यो अभियानको थालनी गर्न लागिएको उनले बताए ।
















सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले लिए अनुमति
देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते
महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित
तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया