सोमबार, चैत २३, २०८२

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

मेरोन्यूज २०८० माघ ५ गते १०:५८

काठमाडौं । कुमारी बैंकले साढे ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले संस्थापक शेयरधनी नन्दकिशोर श्रेष्ठको नाममा रहेको ४५ हजार ५२० कित्ता संस्थापक शेयर शुक्रबारबाट बिक्रीमा राखेको हो।

शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने बेँकले जनाएको छ ।

शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने जनाइएको छ। इच्छुक शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ।

खरिद आवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा दिन सकिनेछ।

प्रतिक्रिया