समाजिक अन्तरविरोध न्यूनीकरण गर्न वर्गीय विभेदको अन्त्य जरुरी : नेता खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवाद) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजमा विधमान वर्गीय शोषणको अन्त्य गरी जनताको आर्थिक रुपान्तरण गर्न सकिने बताए ।
पार्टी केन्द्रीय स्कुल विभागले आज आयोजना गरेको प्रशिक्षणका अवसरमा उनले समाजिक अन्तरविरोधको न्यूनीकरण गर्न वर्गीय विभेदको अन्त्य गर्नुपर्ने बताए । नेपालको कम्युनिष्ट आन्दोलन, विगत, वर्तमान र भविष्य विषयमा प्रशिक्षण दिँदै नेता खनालले समाजलाई बदल्न राजनीतिक अन्तरविरोध किटान गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
वर्गीय अन्तरविरोधको समाधानका लागि समाजवादी क्रान्तिको खाँचो औँल्याउँदै उनले भौतिकवादी दृष्टिकोण, वर्ग अडान, विश्लेषण गर्ने वैज्ञानिक पद्धतिका आधारमा सामाजिक अन्तरविरोध छुट्टाउन नसके आन्दोलन कमजोर हुने विचार व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले वामपन्थी नेतृत्वको सरकारले मुलुकमा गरिबी निवारणका लागि उद्यमशीलताको विकास गरी आर्थिक समृद्धिका लागि कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । विश्व परिवेशमा प्रयोग भएको समाजवादी व्यवस्थाले गाँउसम्म फैलिएको, आर्थिक, वर्गीय, लैङ्गिक शोषण अन्त्य गरेको उनको भनाइ थियो ।
समाजवादमा एकले अर्कालाई शोषण, विभेद नगर्ने विशेषता रहेको बताउँदै उनले भने, “यसका माध्यमबाट मुलुकमा सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न सकिन्छ, जनतालाई सुखी र खुसी बनाउन सकिन्छ ।” पार्टीले तर्जुमा गरेको नीति, सिद्धान्तमा शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयलाई सर्वसाधारण नागरिकको सर्वसुलभ पहुँचमा पुर्याउने विषयलाई प्राथमिकतामा राखिएको उनले प्रष्ट पारे।
















स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया