समाजिक अन्तरविरोध न्यूनीकरण गर्न वर्गीय विभेदको अन्त्य जरुरी : नेता खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवाद) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजमा विधमान वर्गीय शोषणको अन्त्य गरी जनताको आर्थिक रुपान्तरण गर्न सकिने बताए ।
पार्टी केन्द्रीय स्कुल विभागले आज आयोजना गरेको प्रशिक्षणका अवसरमा उनले समाजिक अन्तरविरोधको न्यूनीकरण गर्न वर्गीय विभेदको अन्त्य गर्नुपर्ने बताए । नेपालको कम्युनिष्ट आन्दोलन, विगत, वर्तमान र भविष्य विषयमा प्रशिक्षण दिँदै नेता खनालले समाजलाई बदल्न राजनीतिक अन्तरविरोध किटान गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
वर्गीय अन्तरविरोधको समाधानका लागि समाजवादी क्रान्तिको खाँचो औँल्याउँदै उनले भौतिकवादी दृष्टिकोण, वर्ग अडान, विश्लेषण गर्ने वैज्ञानिक पद्धतिका आधारमा सामाजिक अन्तरविरोध छुट्टाउन नसके आन्दोलन कमजोर हुने विचार व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले वामपन्थी नेतृत्वको सरकारले मुलुकमा गरिबी निवारणका लागि उद्यमशीलताको विकास गरी आर्थिक समृद्धिका लागि कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । विश्व परिवेशमा प्रयोग भएको समाजवादी व्यवस्थाले गाँउसम्म फैलिएको, आर्थिक, वर्गीय, लैङ्गिक शोषण अन्त्य गरेको उनको भनाइ थियो ।
समाजवादमा एकले अर्कालाई शोषण, विभेद नगर्ने विशेषता रहेको बताउँदै उनले भने, “यसका माध्यमबाट मुलुकमा सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न सकिन्छ, जनतालाई सुखी र खुसी बनाउन सकिन्छ ।” पार्टीले तर्जुमा गरेको नीति, सिद्धान्तमा शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयलाई सर्वसाधारण नागरिकको सर्वसुलभ पहुँचमा पुर्याउने विषयलाई प्राथमिकतामा राखिएको उनले प्रष्ट पारे।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया