सोमबार, चैत २३, २०८२

नेपाल बैंकको नाफा ४९ प्रतिशतले घट्यो, वितरणयोग्य ऋणात्मक

मेरोन्यूज २०८० माघ ६ गते १०:१९

काठमाडौं ।  नेपाल  बैंकले चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

जस अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल बैंक लिमिटेडको नाफा करिब ४९.६० प्रतिशतले घटेर ५९ करोडमा खुम्चिएको छ। 

चालु आवको पुस मसान्तसम्ममा बैंकले खुद ५९ करोड रुपैयाँ मात्रै नाफा गर्न सफल भएको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने बढेको छ। खुद ब्याज आम्दानी २०.४० प्रतिशत बढेर ४ अर्ब ६३ करोड भएको छ। 

यस्तै सञ्चालन नाफा २२.७८ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड ७० लाख २२ हजार रुपैयाँ छ।

बैंकको वितरणयोग्य नाफा ५६ करोड ९० लाख  रुपैयाँ ऋणात्मक छ। १४ अर्ब ६९ करोड  रुपैयाँ चुक्ता पुँजी छ।

बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०३ पैसा छ भने प्रतिसेयर नेटवर्थ २५२.५४ रुपैयाँ छ।

बैंकको खराब कर्जा ४.५ प्रतिशत छ। गत आवको सोही अवधिमा यो ३.११ प्रतिशत थियो।

प्रतिक्रिया