कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

ढोरपाटन (बागलुङ)। नयाँ सहर आयोजना कार्यालय बुर्तिवाङमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
कार्यालय प्रमुख अभिषेक अधिकारीको दुई महिना अगाडि अन्यत्र सरुवा भएको थियो । आयोजनाको चालु आर्थिक वर्षका ५० प्रतिशत काम सम्पन्न भइसक्दासमेत कार्यालयले कुनै पनि भुक्तानी दिन सकिरहेको छैन ।
कार्यालय प्रमुखका रूपमा रामकृष्ण गिरीलाई विभागबाट खटाए पनि हालसम्म कार्यालयमा उपस्थित नहुँदा कार्यसम्पादनमा समस्या भइरहेको नयाँ सहर आयोजना कार्यालय बुर्तिवाङका सूचना अधिकारी कोमल शाहले बताए । गिरीले मन्त्रालयबाट पत्र बुझिसकेको तर सङ्घीय कार्यान्वयन एकाइले रमना दिएपछि यसै महिना कार्यालयमा आउने बताए । आयोजनाका लागि यस वर्ष सङ्घीय सरकारले रु आठ करोड बजेट विनियोजन गरेको छ ।
नयाँ सातवटा ठेक्कामार्फत निर्माणको काम सुरु भइरहेको उनको भनाइ छ । पाँचवटा योजनाको काम सिर्जना एण्ड कुञ्जम जेभी, एउटा श्रीमान् निर्माण सेवा हेटौँडा र एउटा ठेक्का सम्झौता भइसकेको भन्दै अब निर्माणका चरणमा रहेको शाहले बताए । हालसम्म छवटा योजनाको कामका लागि ठेक्का सम्झौता भई मूल्याङ्कनसमेत भइसकेको छ ।
सूचना अधिकारी शाहले भने, “हालसम्म रु ५० लाखको घम्चिनमा सडकको काम सम्पन्न भइसकेको छ, ढोरपाटन नगरपालिका–३ पुर्कोट सडकको रु २५ लाखको काम पनि सकियो र कुत्थाप्लामा पार्क निर्माणको काम अन्तिम चरणमा छ, तर भुक्तानी गर्न सकिएको छैन । गत वर्षको सहित हालसम्म सम्पन्न गरिएका योजनाको रु चार करोड भुक्तानी दिन बाँकी छ, हाकिमसाप आएपछि मात्रै काम हुनेहुँदा अहिलेसम्म रोकिएको हो, उहाँ आउनुभयो भनेमात्रै काम सुरु हुन्छ ।”
आव २०६७र०६८ देखि सरकारले व्यवस्थित सहर बनाउने भन्दै मध्यपहाडी लोकमार्गका विभिन्न १० स्थान छनोट गरेको थियो जसमध्ये बुर्तिवाङ पनि रहेको छ । बाह्र वर्ष बित्न लाग्दा कार्यालयले अपेक्षाअनुसार काम भने गर्न नसकेको स्थानीयको भनाइ छ ।

















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया