नेपालको अर्थतन्त्र पुरानैलयमा फर्किसक्यो : नेता कार्की

किमाथाङ्का (सङ्खुवासभा) । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको अर्थतन्त्रले गति लिइसकेको बताएका छन् ।
प्रेस युनियन सङ्खुवासभाले आज खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकको अर्थतन्त्र पुरानैलयमा फर्किसकेको दाबी गरे।
विश्वभर कोरोनापछि तहसनहस भएको अर्थतन्त्र विस्तारै लयमा फर्किँदै गरेको भन्दै वर्तमान सत्तागठबन्धन सरकारले अर्थतन्त्र लयमा फर्काउन काम गरिरहेको पूर्वअर्थमन्त्री कार्कीको भनाइ थियो । अर्थतन्त्रका सूचक सकारात्मक भएकाले यसलाई गतिदिन साधन, स्रोत र सम्भावनालाई केन्द्रमा राखेर सरकारले अग्रसरता दिइरहेको उनले बताए ।
“एमसिसी नेपाललाई प्राप्त भएको सहायता हो”, नेता कार्कीले भने, “यो पाँच वर्षमा सम्पन्न गर्नुपर्दछ । विद्युत्को क्षेत्रमा एमसिसी कोशेढुङ्गा सावित हुनेछ ।” व्यापार घाटालाई न्यूनीकरण गर्न र देशलाई समृद्ध गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाले देशको अर्थतन्त्रमा टेवा पु¥याउने बताउँदै उनले सबैभन्दा पहिला जिल्लावासीले लाभ लिनुपर्ने धारणा राखे ।
फरक प्रशङ्गमा कांग्रेस नेता कार्कीले राष्ट्रियसभा निर्वाचनमा सबै सिटमा गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरे । राष्ट्रियसभा निर्वाचनको सन्दर्भलाई लिएर नेता कार्की कार्यकर्तासँग भेटघाट गर्न कोशी प्रदेशका जिल्ला सोलुखम्बु, खोटाङ, भोजपुर हुँदै हिजो बेलुकी सङ्खुवासभा आइपुगेका हुन् ।
















ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
प्रतिक्रिया