पर्यटकको पर्खाइमा डोटीको बडीकेदारधाम

दिपायल । पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको डोटीको दक्षिणी भेगमा पर्ने बडीकेदारधाम पछिल्लो समय पर्यटकको पर्खाइमा छ ।
समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा पर्ने बडीकेदारधाम दक्षिण डोटीको बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाको दोसाँधमा अवस्थित छ । प्रचारप्रसारको अभावमा ओझेलमा परेको यो स्थल पदयात्राका लागि उपयुक्त गन्तव्य मानिए पनि पूवार्धार निर्माण नहुँदा आन्तरिक पर्यटक मात्रै पुग्ने गरेका छन् ।
स्थानीयवासीले यो क्षेत्रको विकासका लागि सरोकारवाला निकायसँग माग गरिरहेका छन् । सहजपुर बीपीनगर बोगटान दिपायल सडकबाट गाडीमा करिब दुई घण्टाको पैदलयात्रामा बडीकेदारधाम पुग्न सकिन्छ । ग्रामीण कला, संस्कृति र परम्परासँग रमाउँदै बडीकेदार पुग्न सकिने भए पनि अहिलेसम्म यो क्षेत्रको पूर्वाधार निर्माणमा कसैको ध्यान पुग्न सकेको छैन ।
आन्तरिक तथा बाह्य पर्यटकको आगमनको वातावरण बनाउने हो भने यहाँको व्यापार व्यवसायसँगै आयआर्जनमा पनि टेवा पुग्ने स्थानीवासी बताउँछन् । बडीकेदारधामअन्तर्गत रहेका मठमन्दिर गुफा, झरनाको पूर्वाधार विकास र प्रचारप्रचार नहुँदा यो क्षेत्र प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको बडीकेदार गाउँपालिका(५ का स्थानीय वीरबहादुर बोहराले बताए ।
यो क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्न सके नागरिकको रोजगारीसँगै आयआर्जनमा वृद्धि हुने बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले बताए । यो क्षेत्रमा पूर्वाधार विकास गरी प्रचारप्रसार गर्न स्थानीयतह, प्रदेश र संघीय सरकारका साथै पर्यटन व्यवसायीसँग समन्वय भइरहेको उनले जानकारी दिए ।
कार्यकारी अधिकृत सिराडीले भक्तजनको आगमनमा सुविधा उपलब्ध गराउन आवश्यक पूर्वाधार बाटो, धारा, मूलभवन, मूर्ति, शौचालय, पर्खाललगायत पूर्वाधार बनाउन बाँकी रहेको भन्दै यो विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेकाले छिट्टै काम अगाडि बढ्ने बताए ।
प्रचारप्रचारका लागि स्थानीय तहका, वडा तथा गाउँपालिका र प्रदेश सरकारसँग समन्वय भई कामको योजना बनाइने बोगटन फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए । बडीकेदारधामको धार्मिक, सांस्कृतिक, ऐतिहासिकरुपमा प्रचारप्रचार गर्न बडीकेदार गाउँपालिकाले पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए । यो क्षेत्रको विकास गर्न सके समग्र पालिकासँगै जिल्लाको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो ।
















Power production should be increased for prosperous Nepal: Chair Ghising
अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया