हलिउडलाई टक्कर दिने नेपाली फिल्म ‘गोर्खा वारियर’को टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘गोर्खा वारियर’को टेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो ।
गोर्खा सैनिकको इतिहास बोकेको फिल्म बेलायतमा प्रिमियर हुने भएको छ। सफल निर्देशक मिलन चाम्सद्वारा निर्देशित चलचित्र गोर्खा वारियर नेपालीसहित हिन्दी र अङ्ग्रेजी भाषामा पनि प्रदर्शन हुने छ।
टेलर हेर्दा हलिउडलाई टक्कर दिने खालको निर्माण भएको फिल्ममा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जङ्गल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई प्रस्तुत गरिएको छ । यो फिल्म वास्तविक घटनामा आधारित रहेको बताइएको छ । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा निर्माण गरिएको फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ ।
चलचित्र फागुन ११ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।









राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया