हलिउडलाई टक्कर दिने नेपाली फिल्म ‘गोर्खा वारियर’को टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘गोर्खा वारियर’को टेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो ।
गोर्खा सैनिकको इतिहास बोकेको फिल्म बेलायतमा प्रिमियर हुने भएको छ। सफल निर्देशक मिलन चाम्सद्वारा निर्देशित चलचित्र गोर्खा वारियर नेपालीसहित हिन्दी र अङ्ग्रेजी भाषामा पनि प्रदर्शन हुने छ।
टेलर हेर्दा हलिउडलाई टक्कर दिने खालको निर्माण भएको फिल्ममा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जङ्गल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई प्रस्तुत गरिएको छ । यो फिल्म वास्तविक घटनामा आधारित रहेको बताइएको छ । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा निर्माण गरिएको फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ ।
चलचित्र फागुन ११ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया