गलत मनसाय राखेर कार्यविधि संशोधन नगर्न अनेरास्ववियुको चेतावनी

काठमाडौँ । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि कार्यविधि, २०७५ पुनः संशोधन गर्न लागेको प्रति आपत्ति जनाएको छ ।
अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष समिरराज विष्टको नेतृत्वमा भएको टोलीले आज त्रिविका उपकुलपति डा. शिवलाल भुसाललाई ज्ञापन पत्र बुझाउँदै त्रिवि सेवा आयोगमा पठाइएकोमा संशोधित विनियम कार्यान्वयनमा नआदै पुन संशोधन गर्न थालेपछि आपत्ति जनाएको हो ।
“विश्विवद्यालयका प्राध्यापकको नियुक्ति र बढुवाका लागि आवश्यक अनुसन्धान तथा कृतिलाई मुख्य आधार बनाइ प्राध्यापक तथा सह प्राध्यापकको आन्तरिक बढुवा गरिनु पर्ने भएतापनि संशोधन भएको कार्यविधिलाई एकपटक पनि कार्यान्वयनमा नल्याइ उक्त संशोधित बिषयवस्तु हटाउन विश्वविद्यालयका पदाधिकारीहरूको गतल मनसाय रहेको बिषय प्रष्ट देखिन्छ,” अनेरास्ववियुले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि विनियममा व्यवस्थाले लोकसेवाको संलग्नता र समन्वयले त्रिवि सेवा आयोगले लिने परीक्षाको प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनले परीक्षाको निश्पक्षता र विश्वसनीयता बढाइ योग्य तथा सक्षम व्यक्ति त्रिवि सेवामा प्रवेश पाउने कुरा विश्वविद्यालयको हितमा रहेको देखिदा देखिदै पनि उक्त कार्यविधि संशोधन गर्न समिति निर्माण गर्न लागिएको भन्ने कुराले विश्वविद्यालयको प्राज्ञिक क्षेत्र नभइ आफू निकटतम व्यक्तिहरूको भर्तीकेन्द्र बनाउन उद्दत रहेको उल्लेख गरिएको छ ।
अनेरास्ववियुले त्रि.वि. शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि कार्यविधि वेबसाइटमा राख्न समेत अनुरोध गरेको छ ।
अनेरास्ववियुले आफूले उठान गरेका बिषयवस्तुमा त्रिवि गम्भीर नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएको छ ।















प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया