गलत मनसाय राखेर कार्यविधि संशोधन नगर्न अनेरास्ववियुको चेतावनी

काठमाडौँ । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि कार्यविधि, २०७५ पुनः संशोधन गर्न लागेको प्रति आपत्ति जनाएको छ ।
अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष समिरराज विष्टको नेतृत्वमा भएको टोलीले आज त्रिविका उपकुलपति डा. शिवलाल भुसाललाई ज्ञापन पत्र बुझाउँदै त्रिवि सेवा आयोगमा पठाइएकोमा संशोधित विनियम कार्यान्वयनमा नआदै पुन संशोधन गर्न थालेपछि आपत्ति जनाएको हो ।
“विश्विवद्यालयका प्राध्यापकको नियुक्ति र बढुवाका लागि आवश्यक अनुसन्धान तथा कृतिलाई मुख्य आधार बनाइ प्राध्यापक तथा सह प्राध्यापकको आन्तरिक बढुवा गरिनु पर्ने भएतापनि संशोधन भएको कार्यविधिलाई एकपटक पनि कार्यान्वयनमा नल्याइ उक्त संशोधित बिषयवस्तु हटाउन विश्वविद्यालयका पदाधिकारीहरूको गतल मनसाय रहेको बिषय प्रष्ट देखिन्छ,” अनेरास्ववियुले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि विनियममा व्यवस्थाले लोकसेवाको संलग्नता र समन्वयले त्रिवि सेवा आयोगले लिने परीक्षाको प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनले परीक्षाको निश्पक्षता र विश्वसनीयता बढाइ योग्य तथा सक्षम व्यक्ति त्रिवि सेवामा प्रवेश पाउने कुरा विश्वविद्यालयको हितमा रहेको देखिदा देखिदै पनि उक्त कार्यविधि संशोधन गर्न समिति निर्माण गर्न लागिएको भन्ने कुराले विश्वविद्यालयको प्राज्ञिक क्षेत्र नभइ आफू निकटतम व्यक्तिहरूको भर्तीकेन्द्र बनाउन उद्दत रहेको उल्लेख गरिएको छ ।
अनेरास्ववियुले त्रि.वि. शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि कार्यविधि वेबसाइटमा राख्न समेत अनुरोध गरेको छ ।
अनेरास्ववियुले आफूले उठान गरेका बिषयवस्तुमा त्रिवि गम्भीर नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएको छ ।










युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया