रुकुमपश्चिममा १८ हजार अस्थायी आवास निर्माण

रुकुम । रुकुमपश्चिममा १८ हजार आठ सय ६६ अस्थायी आवास निर्माण गरिएका छन् । छ हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा छन् । जिल्लाभर रु ७६ करोड ५९ लाख लाभग्राहीलाई भुक्तानी दिइएको छ । करिब २७ हजार ३६ लाभग्राहीले रकम प्राप्त गरेका छन् ।
चौरजहारी नगरपालिकामा तीन हजार नौ सय १५, आठबिसकोट नगरपालिकामा पाँच हजार सात सय ८५, मुसिकोट नगरपालिकामा चार सय ९६, सानीभेरी गाउँपालिकामा पाँच हजार दुई सय ४०, त्रिवेणी गाउँपालिकामा दुई हजार चार सय ७५ र बाँफीकोट गाउँपालिकामा पाँच सय ७३ अस्थायी आवास निर्माण गरिएका छन् ।
त्यस्तै चौरजहारी नगरपालिकाका छ हजार दुई सय ५४, आठबिसकोट नगरपालिकाका नौ हजार छ सय ६७, मुसिकोट नगरपालिकाका एक हजार ४०, सानीभेरी गाउँपालिकाका पाँच हजार छ सय २४, त्रिवेणी गाउँपालिकाका दुई हजार सात सय ५२ र बाँफीकोट गाउँपालिकाका एक हजार छ सय ९९ लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छन् ।
त्यस्तै चौरजहारी नगरपालिकामा रु १५ करोड ६३ लाख ५० हजार, आठबिसकोट नगरपालिकामा रु २४ करोड १६ लाख ७५ हजार, मुसिकोट नगरपालिकामा रु दुई करोड ६० लाख, सानीभेरी गाउँपालिकामा रु १४ करोड छ लाख, त्रिवेणी गाउँपालिकामा रु छ करोड ८८ लाख र बाँफीकोट गाउँपालिका रु चार करोड २४ लाख ७५ हजार रकम लाभग्राहीको खातामा भुक्तानी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए ।
जिल्लाभर २९ हजार चार सय छ लाभग्राही रहेकामा २७ हजार ३६ लाभग्राहीको खातामा मात्र अस्थायी आवासका लागि पहिलो किस्ताको रकम भुक्तानी गरिएको छ ।










आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया