त्रिभुवन विमानस्थल भन्सारमा नि:शुल्क फोन कल र इन्टरनेट सेवा
मेरोन्यूज
२०८० माघ १४ गते १३:३०

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल टेलिकमबीच भन्सार एरियामा उच्च गतिको नि:शुल्क फोन कल सुविधा उपलब्ध गराउन सम्झौता भएको छ।
आइतबार यी दुई कार्यालयबिच सम्झौता भएको हो । सम्झौता अनुसार भन्सार चेकजाँचपछि जुनसुकै यात्रुले आफ्नो पहिचान खुलाई नि:शुल्क इन्टरनेट सेवा साथै फोन सेवा उपयोग गर्न सक्नेछन् ।
यस सम्झौताबाट नेपालको सिम कार्ड नभएका तथा फोन नभएका यात्रु ,पर्यटक तथा सम्पूर्ण सेवाग्राही लाभान्वित हुने अपेक्षा रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया