बिहीबार, वैशाख १७, २०८३

आम सम्पर्क मञ्चले काठमाडाैंमा मोटरसाइकल र्‍याली निकाल्ने

मेरोन्यूज २०८० माघ १४ गते १४:१७

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम सम्पर्क मञ्चले मोटरसाइकल र्‍याली निकाल्ने भएको छ ।

Advertisement
NiccNicc

आइतबार एक विज्ञेप्ति जारी गर्दै मञ्चले भ्रष्टाचारीलाई खबरदारी गर्न माघ २० गते काठमाडौंमा बृहत मोटरसाईकल र्‍याली निकाल्ने जनाएको हो ।

‘हाम्रा मागहरुको सम्बोधन सहज नहुने निष्कर्ष सहित घोषित हाम्रो तेस्रो चरणको सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गरी भ्रष्टाचारीलाई खबरदारी गर्न यही माघ २० गते काठमाडौंमा बृहत मोटरसाईकल र्याली निकाल्ने निर्णय गरेका छौं ।’ विज्ञेप्तिमा भनिएको छ ।

मञ्चले यसअघि पनि भ्रष्टाचाविरुद्ध विभिन्न चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया