नीतिश कुमार नवौं पटक बिहारको मुख्यमन्त्रीमा नियुक्त
मेरोन्यूज
२०८० माघ १४ गते १९:४६

काठमाडौं । भारत बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नियुक्त भएका छन् । यसअघि राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका उनी भारतीय जनना पार्टी बिजेपीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
शपथ ग्रहण समारोहमा बिजेपी अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी (रामविलास) नेता चिराग पासवान सहित धेरै नेताहरू उपस्थित थिए ।
उनले आइतबार नै राजीनामा दिएर मुख्यमन्त्रीमा नियुक्ती भएका हुन् । आज आइतबार राजीनामा दिएका उनी ६ घन्टा पनि नबित्दै पुन मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी बिहारको मुख्यमन्त्री नवौं पटक बनेका हुन् ।
नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राष्ट्रिय जनता दलसँग मिलेका थिए । तर त्यो गठबन्धन तोड्दै नितिश कुमारको जनता दल युनाइटेड फेरि बिजेपीसँग मिलेको हो ।
सम्बन्धित
प्रतिक्रिया