शुक्रबार, फागुन १, २०८२

एकैसाथ २२ कम्पनी परे कालोसूचीमा (सूचीसहित)

मेरोन्यूज २०८० माघ १५ गते ७:१०

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। २२ वटा कम्पनीलाई न्यूनतम १ वर्षदेखि अधिकतम् ३ वर्षसम्मका लागि कालो सूचीमा राखिएको हो। 

Advertisement
nepal life insurencenepal life insurence

साेमबार एओक सुचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुनेगरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको जनाएकाे हो । 

४ वटा कम्पानीलाई ३ वर्ष, एउटालाई साढे दुई वर्ष, ४ वटालाई २ वर्ष, ५ वटालाई डेढ वर्ष र बाँकी ८ वटा कम्पनीलाई १ वर्ष कालोसूचीमा राखिएको सुचनामा उल्लेख गरिएकाे छ । 

कालोसूचीमा राखिएको अवधिभर उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

प्रतिक्रिया