शुक्रबार, फागुन २९, २०८२

ग्यासगिजरका कारण निसास्सिएर हेटौंडामा एक युवकको मृत्यु

मेरोन्यूज २०८० माघ १५ गते १९:३५

हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यासगिजरका कारण निसास्सिएर एक युवकको मृत्यु भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार सोमबार दिउँसो १२ बजेको समयमा शौचालयमा शौच गर्न छिरेका यादवप्रसाद काफ्लेका २५ वर्षीय छोरा युनेश काफ्लेको मृत्यु भएको हो।

बाथरुम छिरेका युनेश निकैबेरसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाहिरबाट बोलाएका थिए। बोलाउँदासमेत नबोलेपछि ढोका फोडी बेहोस अवस्थामा उद्धार गरिएको थियो। उनलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शौचालय–बाथरुममा रहेको ग्यासगिजर खुल्लै भएकाले युनेश बेहोस भएको आफन्तले बताएका थिए।

प्रतिक्रिया