बुधबार, जेठ ७, २०८२

जोर्डनमा सैनिक मारिएपछि अमेरिकी राष्ट्रपति आक्रोशित, बदला लिने चेतावनी 

मेरोन्यूज २०८० माघ १६ गते ८:४९

वासि‌‌गटन डिसी ।  जोर्डनमा गत आइतबार भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भए पछि अमेरिका थप आक्रोशित हुन पुगेको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हमलाको लागि इरान समर्थित आतंकवादीहरूलाई दोष दिएका छन् र तीनीहरूलाई पाठ सिकाउने वाचासमेत गरेका छन्। 

बाइडेनले आक्रमणको बारेमा एक विज्ञप्ति जारी गर्दै भने, ‘हामी अझै यस आक्रमणको तथ्यहरू संकलन गरिरहेका छौं, हामीलाई थाहा छ कि यो सिरिया र इराकमा सक्रिय कट्टरपन्थी इरान समर्थित आतंकवादी समूहहरूले गरेको हो।’ ह्वाइट हाउसले बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई आइतबार दिउँसो धेरै क्याबिनेट स्तरका राष्ट्रिय सुरक्षा अधिकारीहरूले आक्रमणको बारेमा जानकारी दिएको बताएको छ। 

त्यसपछि दक्षिण क्यारोलिना चर्चमा आयोजित शोक शभामा सो आक्रमणमा मारिएका अमेरिकी सैनिकहरूको लागि शोक जाहेर गरेपछि राष्ट्रपति वाइडेनले उपस्थितहरूलाई भने, ‘हामी यसको जवाफ दिनेछौं।’

इरान समर्थित हमाससँग इजरायलको युद्ध सुरु भएयता मध्यपूर्वमा अमेरिकी सैनिकको गोलीबारीमा मृत्यु भएको यो पहिलो घटना हो। अमेरिकी सेन्ट्रल कमाण्डले सिरियाली सीमानजिकै भएको आक्रमणमा घाइते हुनेको संख्या २५ पुगेको जनाएको छ भने  मारिएकाहरुको परिवारलाई जानकारी नभएसम्म उनीहरुको परिचय गोप्य राखिने जनाएको छ ।

पेन्टागनका अनुसार मध्य अक्टोबरदेखि इराक र सिरियामा १५० भन्दा बढी आक्रमणहरूमा अमेरिकी र सहयोगी सेनाहरूलाई निशाना बनाइएको छ र वाशिंगटनले दुवै देशहरूमा आक्रमणको जवाफ दिएको छ।

यसैबीच, जोर्डन सरकारका प्रवक्ता मुहन्नाद मुबेदिनले आफ्नो देशमा भएको सो आक्रमणका पीडितहरूप्रति संयुक्त राज्य अमेरिकाप्रति समवेदना व्यक्त गरेका छन । सो क्रमणमा जोर्डन सेनाका कुनै पनि सैनिक घाइते नभएको बताइएको छ ।

प्रतिक्रिया