बाँकेमा रक्षा सम्वाददाता अभिमुखीकरण प्रशिक्षण

जानकी (बाँके) । बाँकेमा रक्षा सम्वाददाता अभिमुखीकरण प्रशिक्षण शुरू भएको छ । आज राझास्थित श्री ४ नं बाहिनिमा शुरू भएको उक्त तालिम १९ गतेसम्म सञ्चालन हुनेछ ।
सैनिक जनसम्पर्क निर्देशनालयको आयोजनामा भइरहेको तालिममा कर्णाली र लुम्बिनी प्रदेशमा कार्यरत २० जना पत्रकारहरुको सहभागिता छ ।
तालिमको उद्घाटन गर्दै उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतका पृतनापति उपरथी कृष्णदेव भट्टले सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सेनाले गरिरहेका क्रियाकलापलाई नागरिक समक्ष पु¥याउन र नागरिक प्रतिउत्तरदायी बनाउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
तालिममा सेनाले गरिरहेका क्रियाकलाप, सेना र मानव अधिकार, सेना र नागरिक बीचको सम्बन्ध, सूचनाको हकलगायतका विषयमा विषय विज्ञहरुले प्रशिक्षण दिने उत्तर पश्चिम पृतनाका प्रवक्ता सेनानी रेनु शाहले जानकारी दिईन् ।
उनका अनुसार पहिलो दिन प्रशिक्षकका रूपमा प्रमुख सेनानी अनिल सुवेदीले सेनाको कानूनी व्यवस्था र प्रमुख सेनानी निखिल चन्दले सेना संरचनाका विषयमा प्रशिक्षण दिए । प्रमुख सेनानी सागर कार्कीले तालिमको महत्वबारे प्रकाश पार्ने छन् ।















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया