बिहीबार, चैत २६, २०८२

बिहिबार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मेरोन्यूज २०८० माघ १८ गते ११:३३

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार प्रतितोला एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँका कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया