इथियोपियामा ४ जना सहायताकर्मीको मृत्यु

सन् २०२४ को पहिलो महिनामा इथियोपियाका विभिन्न भागमा कम्तीमा चार जना सहायताकर्मीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले खुलासा गरेको छ ।
संयुक्त राष्ट्रसङ्घ एजेन्सीले बिहीबार प्रकाशित इथियोपिया स्थिति प्रतिवेदनमा जनाए अनुसार इथियोपियाली नागरिकहरू देशका विभिन्न तीन क्षेत्रमा मारिएका थिए ।
तीन जना इथियोपियाको उत्तरी अम्हारा क्षेत्रमा र अर्का एक जनाको इथियोपियाको पश्चिमी क्षेत्र गाम्बेलामा मृत्यु भएको बताइएको छ ।
इथियोपियाका विभिन्न भागमा चलिरहेको अस्थिरतालाई ध्यानमा राख्दै, एजेन्सीले सन् २०१९ देखि इथियोपियामा ४६ जना सहायताकर्मीहरूले ज्यान गुमाएका छन् जसमध्ये ३६ उत्तरी इथियोपियाको द्वन्द्वसँग सम्बन्धित छन् ।
एजेन्सीले पूर्वी अफ्रिकी देशका दुई सर्वाधिक जनसङ्ख्या भएको क्षेत्र, अम्हारा र ओरोमियामा यस्ता घटना घट्ने गरेका छन् ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया