पेरिसस्थित रेल स्टेसनमा चक्कू प्रहारबाट ३ जना घाइते
मेरोन्यूज
२०८० माघ २० गते १५:४६

पेरिस । पेरिसको गारे लियोन रेलवे स्टेसनमा शनिबार भएको चक्कू आक्रमणमा परी तीन जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बिहान ८:०० बजे आन्तरिक तथा स्विट्जरल्याण्ड र इटाली जाने रेलसेवा गर्ने स्टेसनमा पक्राउ परेका ती व्यक्तिले छुरा प्रहार गरेका थिए ।
एक जना गम्भीर घाइते भएका छन् भने दुई जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतले भन्यो, “आक्रमणका क्रममा संदिग्धले कुनै पनि धार्मिक नारा नलगाएको र उसँगबाट प्रहरीले एउटा सवारीचालक अनुमति पत्र (लाइसेन्स)लिएको छ ।”
रेल अपरेटर एसएनसीएफले स्टेसन हलको एकदेखि तीनसम्मको क्षेत्रलाई अस्थायी रूपमा सुरक्षा घेराभित्र लिएको बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया