टेन्सेन्टद्वारा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त

काठमाडौँ । चिनियाँ विशाल प्रविधि कम्पनी टेनसेन्टले सन् २०२३ मा भ्रष्टाचार, अनियमितता तथा जालसाजीसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ ।
हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र लोकप्रिय सुपर–एप विच्याटको लगानीकर्ता हो ।
टेन्सेन्टका संस्थापक पोनी माले सन् २०२२ मा आफ्नो कम्पनीमा भएको भ्रष्टाचारको स्तरलाई ‘स्तब्ध पार्ने’ घटनाका रूपमा उल्लेख गर्नुभएको छ ।
टेन्सेन्टका अनुसार गत वर्ष ७० भन्दा बढी आचारसंहिता उल्लङ्घनका घटना भएका थिए ।
समूहले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “१२० जनाभन्दा बढीलाई कम्पनीबाट बर्खास्त गरिएको छ र करिब २० सचेत गराइएको छ ।
बर्खास्त गरिएका कर्मचारीमध्ये केही समूहको समाचार, खेल र फिल्मजस्ता सामग्रीप्रसारणका लागि जिम्मेवार परामर्श पीसीजी शाखाका थिए ।
अन्यले टेनसेन्टको चीनको ठूलो बजार हिस्सा टेलिमेडिसिन अनुप्रयोगहरूको समूहको चिकित्सा सेवा शाखामा काम गर्थे ।
टेन्सेन्टले सजाय पाएकामध्ये एक कर्मचारीलाई चार वर्षको जेल सजाय र एक लाख युआन अर्थात् १४ हजार अमेरिकी डलर बराबर जरिवाना गरिएको छ ।
चीनमा १८ वर्षमुनिका खेलाडीका लागि अनलाइन गेमिङ टाइममा लगाइएको प्रतिबन्धलेसमूहको नाफामा धक्का पुगेको समयकर्मचारीहरूलाई विभिन्न बहानामा निस्काशित गरिएको थियो ।
टेन्सेन्टले विशेष गरी युरोपमा थप अवसरहरूको खोजी गरिरहेको छ, जहाँ यसले प्रमुख गेमिंग स्टुडियोहरूमा वैध लगानीको अवसर प्राप्त गरेर आफ्नो स्थितिलाई बलियो बनाइरहेको छ ।
















HoR elections: 13.79 million ballot papers printed so far
चुनावी सुरक्षाका लागि सतर्क रहन सुरक्षा फौजलाई प्रधानमन्त्रीको निर्देशन
पूर्वी – प्रशान्त महासागरमा भएको पछिल्लो अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु
उदयपुरमा चार हजार ४३८ बालिकालाई एचपिभी खोप लगाइँदै
‘Good sense’ hailed as blockbuster Pakistan-India match to go ahead
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
प्रतिक्रिया