मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत विद्यार्थी पास
मेरोन्यूज
२०८० माघ २२ गते १४:००

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको नाम दर्ता (लाइन्सेस) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार काउन्सिलले प्रकाशित गरेको १६ देखि १९ माघसम्म लिएको लाइसेन्स परीक्षाको नतिजाअनुसार ५६.६८ प्रतिशत पास भएका हुन् । एमबीबीएसतर्फ १ हजार ७ सय ५७ जना विद्यार्थीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका थिए ।
१ हजार ७ सय ३७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ सय ७२ जना पास भएका छन् । लाइसेन्स परीक्षामा एमबीबीएसतर्फका ७ सय ६५ जना परीक्षार्थी फेल भएका छन् । यस्तै, ४ जना परीक्षार्थीको रिजल्ट भने विथहोल्डमा राखिएको काउन्सिलले जनाएको छ ।
बिडिएसतर्फ २ सय ८५ जनाले परीक्षा दिएकामा १ सय ७४ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । जुन ६१.०५ प्रतिशत हो । यसैगरी, बिडिएसतर्फ १ सय ११ जना लाइसेन्स परीक्षामा फेल भएका छन् भने ६ जना अनुपस्थित रहेका छन् ।
सम्बन्धित









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया