शनिबार, फागुन ३०, २०८२

चिकित्साशास्त्र पढ्ने विद्यार्थीलाई शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति दिने

मेरोन्यूज २०८० माघ २९ गते १५:४६

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र (एमबिबिएस) अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गरिब तथा जेहेन्दार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि नगरपालिकाले आवेदन माग गरेको छ ।

छात्रवृत्तिका लागि नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका जेहेन्दार, गरिब र विपन्न परिवारका एमबिबिएस पढ्न इच्छुक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताए ।

नगरपालिकाको एमबिबिएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि २०८० को दफा ५ मा भएको व्यवस्थाअनुसारका कागजातसहित निवेदन दिन सार्वजनिक सूचनामार्फत आह्वान गरिएको उनले जानकारी दिए । आव २०८०÷८१ को नगर सभाबाट स्वीकृत बजेटअनुसार एमबिबिएस पढ्ने विद्यार्थीका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ ।

प्रत्येक वर्ष नगरपालिकाले एक एमबिबिएस चिकित्सक उत्पादनमा सहयोग गरी नगरवासीलाई दिगो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ गरीब जेहेन्दार, विपन्न परिवारका विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति कार्यक्रम अघि सारिएको शाखा प्रमुख भट्टको भनाइ छ ।

योग्यताक्रमको सूचीमा समावेश नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले बताए । चिकित्सको अभाव पूर्ति गर्नका लागि सहयोग पु¥याउन छात्रवृत्ति कार्यक्रम अगाडि सारिएको उनको भनाइ छ ।

छात्रवृत्ति कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउनका लागि नगर प्रमुखको संयोजकत्वमा एमबिबिएस अध्ययन छात्रवृत्ति व्यवस्थापन तथा वितरण समिति रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया