विद्यालयको अक्षयकोषमा २३ लाख सङ्कलन

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षयकोषमा रू २३ लाखभन्दा धेरै रकम सङ्कलन भएको छ ।
विद्यालयले चार महिनाको अवधिमा रू २३ लाख ३६ हजार आठ सय ८२ रकम सङ्कलन गरेको हो । गत असोज २७ गतेदेखि रू ३६ लाख रकम सङ्कलन गर्ने उदेश्यका साथ सुरु गरिएको कोषमा दुई सय चार दाताबाट उक्त रकम सङ्कलन भएको विद्यालयका सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिए ।
उनका अनुसार रू १० हजारभन्दा माथि सहयोग गर्ने एक सय ४७ र रु १० हजारभन्दा कम सहयोग गर्ने ५७ जना रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा रहेको उक्त अक्षयकोषको रकमलाई मुद्दतीमा जम्मा गर्ने र ब्याजको ९० प्रतिशत रकम शैक्षिक गुणस्तर अभिवृद्धिमा खर्च गर्ने तथा १० प्रतिशत साँवामा गाभिने कार्यविधि बनाइएको विद्यालयले जनाएको छ ।
अक्षयकोषमा सबैभन्दा धेरै नेचासल्यान–४ घर भई हाल बेलायतमा बस्दै आएका खड्कसिंह राईले रु एक लाख ५० हजार सहयोग गरेका थिए । अक्षयकोषमा नेपालको पश्चिम क्षेत्रबाट सहयोग प्राप्त भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज कट्टेलले बताए ।
सो विद्यालय गत आर्थिक वर्ष कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट जिल्लाकै उत्कृष्ट घोषित भई रू १४ लाख ५० हजारसहित पुरस्कृत भएको थियो ।















ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया