सुदेशा स्कुलले ‘लर्निङ एण्ड फन मेला’को आयोजना गर्ने

काठमाडौं । ललितपुरको सुदेशा स्कुलले ‘सुदेशा लर्निङ एण्ड फन मेला’को आयोजना गर्ने भएको छ ।
फागुन ४ गते शुक्रवार मेलाको आयोजना गर्न लागिएको स्कुलकी प्रिन्सिपल विवरंगना मर्हजनले जानकारी दिइन् । मेलामा सिकाईका विविध मापनहरुलाई गहिराईसम्म पुगेर विद्यार्थीहरुले गरेका नियमित क्रियाकलापहरुलाई प्रस्तुत गर्ने जमर्को गरिएको उनले बताइन् ।
आाईसीटि प्रोजेक्ट मेलाको एक महत्वपूर्ण अंग हुने प्रिन्सिपल मर्हजनले बताइन् । ‘स्कुलमा युकेको एनसीसी बेस्डमा कम्प्युटर कक्षाहरु संचालन भइरहेको छ ।’ उनले भनिन् ‘विद्यार्थीहरुले नियमित सिकाईको आधारमा थुप्रै प्रोजेक्टहरु बनाई राखेका हुन्छन् । मेलामा विद्यार्थीहरुले वर्षभरि बनाएका प्रोजेक्टहरु प्रर्दशन गरिनेछ ।’
उनका अनुसार, स्कुलले शिक्षण पद्धतिमा विविध गतिविधिहरुलाई अनुसरण गर्दै आएको छ । जसमध्ये स्टिम विधी पनि एक रहेकाे उनले बताइन् । ‘विज्ञान, प्रविधी,कला र गणितको संयोजन भनेको स्टिम हो ।´ प्रिन्सिपल मर्हजनले भनिन् ‘हाम्रो विद्यार्थीहरुले कक्षा १ देखि १० सम्म नै स्टिमको अवधारणामा नियमित कक्षामा सिकाइको शिलशिलामा थुप्रै प्रोेजेक्टहरु बनाएका हुन्छन् । स्टिमसंग सम्बन्धित प्रोजेक्टहरु मेलामा अर्को आर्कषक प्रस्तुति हुनेछ ।’
यी प्रस्तुति हेरिसकेपछि आगन्तुकहरुले विद्यार्थीले कसरी सिक्दो रहेछ भनेर प्रत्यक्ष रुपमा अनुभव गर्ने प्रिन्सिपल मर्हजनले बताइन्। ‘स्काउट हाम्रो नियमित क्रियाकलाप अन्तर्गत पर्दछ´ उनले भनिन् ‘स्काउटलाई हामीले ईसिए भन्दा पनि जीवनको सीपसंग जोडेका छौं । यसबाट बाबुनानीहरुले कसरी खाना पकाउने, समूहमा मिलेर कसरी काम गर्ने ? आफ्नो जिम्मेवारी कसरी बहन गर्ने ? जस्ता विविध कुराहरु आफैले गरेर सिक्छन् ।’
प्रिन्सिपल मर्हजनका अनुसार मेलामा लाइफ स्किलसंग सम्बन्धित क्रियाकलापहरु पनि समावेश गरिएकाे छ । साथै थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु, फेस पेन्टिङ आदी पनि राखिएकाे छ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया