सोमबार, वैशाख १४, २०८३

समाजवादी मोर्चाको बैठक आज, यस्ता छन् एजेण्डा

मेरोन्यूज २०८० फागुन ६ गते ७:१९

काठमाडौं । नेकपा माओवादी नेतृत्वको समाजवादी मोर्चाको बैठक बस्दैँछ ।

Advertisement
NiccNicc

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको मोर्चाको बैठक लामो समय पछि आज बस्न लागेको हो । 

बिहान ८ बजे एकीकृत समाजवादीको कार्यालयमा बस्ने बैठकमा मोर्चाको आगामी कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

यस्तै  बैठकमा सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे पनि छलफल हुनेछ । 

सो मोर्चामा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसहित, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्द रहेका छन ।
 

प्रतिक्रिया